महिला लघुवित्तले अघिल्लो पटकको लाभांश दरलाई निरन्तरता दिने, फेरि पनि ५०%

बिजमाण्डू
२०७९ पुष २६ गते १२:२७ | Jan 10, 2023
महिला लघुवित्तले अघिल्लो पटकको लाभांश दरलाई निरन्तरता दिने, फेरि पनि ५०%


काठमाडौं। महिला लघुवित्तले अघिल्लो पटको लाभांश दरलाई निरन्तरता दिने भएको छ। गत आर्थिक वर्षका लागि लघुवित्तले फेरि पनि ५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

GBIME
Tata

सञ्चालक समितिले ४७.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। बाँकी २.५ प्रतिशत नगद दिँदैछ। यो करसहित हो। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको छ।

अहिले लघुवित्तको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपयाँ छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ७ करोड ६२ लाख रुपैयाँ बढ्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।