बैंक बलियो भएमात्र अर्थतन्त्र सबल हुन्छ: शेखर गोल्छा, ‘मौद्रिक नीतिले क्यालकुलेटिभ जोखिम लिनुपर्छ’

बिजमाण्डू
२०७९ पुष २५ गते १०:२७ | Jan 9, 2023
बैंक बलियो भएमात्र अर्थतन्त्र सबल हुन्छ: शेखर गोल्छा, ‘मौद्रिक नीतिले क्यालकुलेटिभ जोखिम लिनुपर्छ’


काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाले बैंकहरु बलियो भएमात्र अर्थतन्त्र सबल हुने बताएका छन्।

Tata
GBIME
NLIC

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूको एकीकृत कारोबार शुभारम्भका अवसरमा साेमबार आयाेजित समाराेहमा उनले मर्जरपछि बैंक ठूलो हुँदा चुनौती पनि बढ्ने धारणा राखे।

उनले भने- ‘ठूलो भएर जिम्मेवारी बढेकाे छ। ४० लाख ग्राहकलाई हेर्नु पर्छ। निक्षेपलाई उचित ब्याज र ऋणीलाई सहुलियत ब्याज दिनु पर्ने चुनौती छ। त्याे गर्न सफल हुनुहाेस्।’

अध्यक्ष गोल्छाले बैंकहरुले नाफा गर्नुपर्ने र त्यसबाट मात्र अर्थतन्त्र सबल हुने बताए।

उनले देश यतिबेला चुनौतीपूर्ण अर्थतन्त्र, बढ्दो ब्याजदर, घट्दो राजस्व तथा बढ्दो बेरोजगारीको चपेटामा रहेको भन्दै यसमा सुधार गर्नेतर्फ नयाँ सरकारले ध्यान दिनुपर्ने बताए।

‘अब मौद्रिक नीतिले ‘क्यालकुलेटिभ’ जोखिम लिनुपर्छ। सरकारल खर्च बढाउनु पर्छ र निजी क्षेत्रकाे मनाेबल बढाए मात्र अर्थतन्त्रमा सुधार हुन्छ।’-उनले भने।