
काठमाडौं। तीन दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको इभी नेपाल एक्स्पो २०२२ मा राफ्ट इलेक्ट्रिक स्कुटरको स्टल नम्बर १ घोषित भएको छ। एसडी एक्स्पो मिडियाको आयोजनामा मंसिर १६ गतेदेख सुरु भएको उक्त एक्स्पो ३ दिन चलेको थियो।
आइएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका ३ मोडल एक्स्पोमा डिस्प्ले गरिएका थिए। तीमध्ये नेपाली बजारमा सबैभन्दा बढी रेन्ज दिने राफ्ट इन्दस पनि राखिएको थियो। यसले सिंगल चार्जमा ३२० किलोमिटर दुरी पार गर्ने कम्पनीको भनाइ छ।
राफ्ट इन्दस १००० र २००० वाट मोटर गरी दुई मोडलमा उपलब्ध छ। १००० वाटको इन्दसले सिंगल चार्जमा ३२० किलोमिटर र २००० वाटको इन्दसले बढी पावर र ३०० किलोमिटर रेन्ज दिने बताइएको छ।
स्कुटरमा किलेस स्टार्ट, थेफ्ट अलार्म, रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कटअफ, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, ३ ड्राइभिङ मोड, फायर प्रुफ ब्याट्री आदि फिचर छन्। त्यसैगरी रिमोट लकिङ र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका विशेषता समेत उपलब्ध छन्।
एक्सपोको अवसरमा १००० भन्दा बढी अवलोकनकर्ता, ५०० सोधपुछ र ३ सयभन्दा बढी अवलोकनकर्ताले राफ्ट स्कुटरको टेस्ट राइड गरेको कम्पनीले जनाएको छ। यस्तै ४३ वटा स्कुटर बुकिङ समेत भएको छ।