भारतमा एसेम्बल्ड भएको मर्सिडिजको तेस्रो इभी बजारमा, एक पटक चार्ज गर्दा ४२३ किमि चल्ने

बिजमाण्डू
२०७९ मंसिर १७ गते २१:०१ | Dec 3, 2022

काठमाडौं। जर्मनी कार निर्माता कम्पनी मर्सिडिजले भारतमा मर्सिडिज बेन्चको तेस्रो मोडलको विद्युतीय गाडी सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

भारतीय प्लान्टमा एसेम्बल भएको पहिलो लक्जरी सेग्मेन्टको विद्युतीय कार यसभन्दा अघि नै सार्वजनिक भइसकेको छ। पहिलो विद्युतीय इक्यूएस-५८० म्याटिक कारको मूल्य १ करोड ५५ लाख भारु मुल्य रहेको छ।

तर यसले हाल सार्वजनिक गरेको तेस्रो इभिको मूल्य भने भारु ७४.५० लाख मात्र रहेको छ। यो मोडलको नाम मर्सिडिज बेन्च ईक्युबी राखिएको छ।

यो मोडलमा पहिलेको मोडलको तुलनामा कम क्षमताको ब्याट्री दिइएको छ। यसमा ६६.५ किलोवाट क्षमताको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ४२३ किलोमिटर दुरीको यात्रा गर्न मिल्छ।

यसमा भएको ब्याट्रीलाई ११ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्दा फुल चार्ज हुन ६ घन्टाको समय लाग्छ। यस्तै १०० किलोवाटको डीसी अर्थात फाष्ट चार्जरले गर्दा फुल चार्ज हुन १ घन्टाको समय लाग्छ।

मर्सिडिज बेन्च ईक्युबीको टप स्पिड प्रतिघन्टा १६० किलोमिटर रहेको छ। यसमा भएको मोटरले २९२ हर्सपावरको साथ ५२० एनएन टर्क उत्पादन गर्दछ। यस्तै कम्पनीले यसमा ८ वर्षसम्मको वारेन्टी प्रदान गरेको छ। हाल यसको दुई वटा भेरियन्टहरु उपलब्ध हुने कम्पनीले जनाएको छ। जसमा मर्सिडिज बेन्च ईक्युबी-३०० र ३५० रहेका छन्।

भित्री भागमा रहेको ईक्युबीको समग्र क्याविन लेआउट जीएलबी र जीएलएसँग धेरै मिल्दोजुल्दो छ। टर्वाइन-जस्तो एयर भेन्टहरूमा गोल्ड पेन्ट गरिएको छ। जीएलबीको जस्तै यो पनि ७ सिटरको गाडी हो। जसले पारिवारिक र व्यावहारिक कारको रुपमा प्रतिनिधित्व गर्छ। यसमा भएका केही फिचरहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रिन प्रणाली, पानोरामिक सनरुफ, ६४ कलरको एम्बियन्ट लाइटिङ, पावरेड टेलगेट र इलेक्ट्रिक रूपमा एडजस्टेबल सिटहरू समावेश छन्।

यो गाडी ५ वटा कलरमा उपलब्ध रहेका छन्। जसमा कस्मो ब्ल्याक, रोज गोल्ड, डिजिटल ह्वाइट, माउटेन ग्रे र इरिडियम सिल्भरमा उपलब्ध छन्। यसमा १८ इन्चको एलोय ह्वील छ।

यस्तै पहिलो इभिमा भने कम्पनीले १०७.८ किलोवाट लिथियम ब्याट्री र चार वटा मोटर छ। एक पटक चार्ज गरेपछि यो कारले ८५७ किलोमिटर यात्रा गर्न मिल्छ। यो सबैभन्दा धेरै चल्ने इभीको रुपमा पनि लिइएको छ। कम्पनीले यसलाई शक्तिशाली इभीको रुपमा पनि लिएको छ।