
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले बुधबारदेखि लागू हुने गरी लम्साललाई सञ्चालकमा नियुक्त गरेको छ।
लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
अर्थशास्त्र एवम् बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर अध्ययन गरेका लम्साल वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायव प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएका थिए।