भीसीटीएस नमान्ने १९ कम्पनी कारबाहीमा परे, २४ लाख जरिवाना, एउटैले १० लाखसम्म तिर्यो

बिजमाण्डू
२०७७ माघ १६ गते १६:१६ | Jan 29, 2021

Tata
GBIME

काठमाडौं। भीसीटीएस प्रणाली नमान्ने १९ कम्पनी कारबाहीमा परेका छन्। राजस्व अनुसन्धान विभगले  प्रणालीको अबलम्बन गर्ने १९ फर्म विरुद्ध नगद जरिवाना गरेको हो। 

विभागले सबैभन्दा धेरै १० लाखसम्म जरिवाना गरेको छ। यो जरिवाना बंगलामुखी स्टोरलाई लगाइएको हो।

यस्तै मोर्डन स्लिपर इण्डष्ट्रिज प्रा.लि., शुभ इन्टरनेशनल गार्मेन्ट र ओम श्री मच्छिन्द्रनाथ ईट्टा उद्योग लगायत कम्पनीलाई पनि जरिवाना गरिएको छ।

विभागले डेढ वर्षअघि सञ्चालनमा ल्याएको भीसीटीएस प्रणालीमा २ लाख भन्दा बढी ट्रकहरु आवद्ध भैसकेका छन्।

यस्तै ३४ खर्ब बराबरको कारोबार इन्ट्री भएको छ। विभागले माघ ८ देखी १० गतेसम्म ८५ वटा कम्पनीलाई अनुसन्धान गरेको थियो जसमा १९ वटा कम्पनीलाई कारबाही गरिएको हो।