गुहेश्वरी मर्चेन्टको लाभांश दर बढ्यो, ११.४% लाभांश, युनाइटेड फाइनान्सले केही पनि नदिने

बिजमाण्डू
२०७७ मंसिर २५ गते ११:१४ | Dec 10, 2020

Tata
GBIME

काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले गत वर्षको नाफाबाट ११.४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

फाइनान्सले ८ प्रतिशत बोनस सेयर र ३.४ प्रतिशत नगद लाभांश पारित गरेको छ।

गुहेश्वरीले गत वर्ष साढे ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। यसपाली लाभांश दर बढेको हो। 

फाइनान्सले गत वर्ष ६ करोड ७६ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ वितरण योग्य नाफा गरेको थियो। 

पछिल्लो महिना कम्पनीको सेयर मूल्य बढिरहेको थियो। गत साता भने सामान्य घटेको छ। बुधबार केही बढेको छ। तर कारोबार भने सीमित भएको छ।

यता युनाइटेड फाइनान्सले भने संस्था सबल बनाउनका लागि यसपाली केही पनि नदिने घोषणा गरेको छ। फाइनान्सले यसको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई दिएको छ।