गरिबको नाममा कम्पनी दर्ता गरेर राजस्व छल्नेविरुद्ध मुद्दा दायर, १३ करोडको बिगो दाबी

बिजमाण्डू
२०७७ असोज २५ गते २०:१६ | Oct 11, 2020

Tata
GBIME

काठमाडौं। राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको आरोपमा दुई कम्पनीविरुद्ध २३ करोड २१ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले मनिष ट्रेडिङ कन्सर्न र सहारा एण्ड खातुन ट्रेडर्सविरुद्ध मुद्दा दायर गरेको हो।

दुवै कम्पनीविरुद्ध विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो। झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गर्ने मनिष ट्रेडिङ कन्सर्नका सञ्चालक किशोर यादवसहित ३ जनाविरुद्ध १३ करोड २५ लाख बिगो र जेल सजायको माग गरिएको छ।

मनिष ट्रेडिङले निम्न आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरि वस्तु तथा सेवा एउटा आयात तथा खरिद देखाइ अर्कै मालवस्तुको झुट्टा तथा नक्कली भ्याट बिल जारी गरेको विभागको अनुसन्धानबाट खुलेको छ।

मुख्य कारोबारी किशोरी यादवले मागैन यादवको नाममा फर्म दर्ता गरी उक्त फर्मबाट कपडा, कुर्था सुरुवाल, रेडिमेड सामान आयात गरेको देखाएर फलामे डण्डी, सिमेन्ट, फोटोकपी पेपर, टोनर, पाइप फिटिङ जस्ता मालवस्तुको बिक्री बिजक बनाई बिजक मात्र बेचेर राजस्व चुहावट गरेको अनुसन्धानबाट खुल्न आएको छ।

यसैगरी नक्कली भ्याट बिल प्रयोग गर्ने बारा जिल्लाको सहारा एण्ड खातुन ट्रेडर्सका प्रोप्राइटर कविरन खातुनविरुद्ध ९ करोड ९६ लाख बिगो माग गरिएको छ। यो कम्पनीले पनि भ्याट मात्र बिक्री गरी आयकर समेतको राजस्व चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको थियो। दुवै कम्पनीविरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ अनुसार कानुनी प्रक्रिया अघि बढ्नेछ।