इन्भेष्टमेन्ट बैंकको सेयर धितोदेखि घर कर्जासम्म ९.९९% ब्याजमै, निक्षेपको ब्याज पनि घटायो

बिजमाण्डू
२०७७ साउन २ गते ०८:५० | Jul 17, 2020
इन्भेष्टमेन्ट बैंकको सेयर धितोदेखि घर कर्जासम्म ९.९९% ब्याजमै, निक्षेपको ब्याज पनि घटायो


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले एकल अंकमा सेयर धितो ऋण दिने भएको छ। बैंकले सोमबार नयाँ ब्याज दर सार्वजनिक गर्दै सेयर धितो ऋण ९.९९ प्रतिशत ब्याजमै दिने भएको हो।

Tata
GBIME

यसअघि बैंकले ९.९९ प्रतिशत ब्याजमा साना तथा मझौला उद्यम ऋण दिँदै आएको थियो।

बैंकले पाँच प्रकारका ऋणहरु एकल अंकमा दिने घोषणा गरेको छ। सुनचाँदी धितोमा ऋण पनि ९.९९ प्रतिशत ब्याजमै पाइने छ।

यसबाहेक बैंकले इको ऋण र घर कर्जा पनि ९.९९ प्रतिशतमै दिने भएको छ। बैंकर्स संघले भद्र सहमति खारेज गरेपछि बैंकले पनि निक्षेपको ब्याज दर घटाइसकेको छ।

बैंकले मुद्दतिमा एक प्रतिशत बिन्दु र बचतमा आधा प्रतिशत बिन्दुले ब्याज घटाएको छ। निक्षेपको ब्याज घटेर लागत कम परेपछि बैंकले ऋणको ब्याज एकल अंकमा ल्याएको हो।

बचत र कल डिपोजिटको ब्याज घटेलगत्तै पुरानो खातावालाहरुमा पनि लागू हुन्छ। मुद्दति पनि नवीकरण गर्नेबेलामा वा नयाँमा मात्र लागू हुन्छ। कल र बचत खाताबाट मात्र बैंकको करिब २९ करोड रुपैयाँ लागत कम हुन्छ।