ग्रामीण विकास लघुवित्त संस्थाले सरकारी कोषमा दियो साढे २८ लाख, संघलाई मात्र ११ लाख रुपैयाँ

बिजमाण्डू
२०७६ चैत्र २९ गते ११:४० | Apr 11, 2020

Tata
GBIME

काठमाडौं। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ।

संस्थाले संघीय सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोषमा सहयोग गरेको हो। कुल २८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कार्कीले जानकारी दिए।

संस्थाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेको जनाएको छ। 

संस्थाले संघीय सरकारलाई ११ लाख र सात वटा प्रदेश सरकारहरुलाई साढे २ लाख रुपैयाँका दरले साढे १७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।