राष्ट्रिय वाणिज्य बैंकले कोरोना रोकथाम कोषमा डेढ करोड दियो, प्रदेश सरकारले पनि खाता खोले

बिजमाण्डू
२०७६ चैत्र १९ गते १६:२४ | Apr 1, 2020
राष्ट्रिय वाणिज्य बैंकले कोरोना रोकथाम कोषमा डेढ करोड दियो, प्रदेश सरकारले पनि खाता खोले

Tata
GBIME

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले  कोरोना भाइरस रोकथाम एवं नियन्त्रण कोषमा डेढ करोड सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम हालेको हो।

बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता १९६०००००११०१ मा सो रकम जम्मा गरिएको जनाएको छ।  लकडाउनमा समेत बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे जनाएको छ।

बैंकले असार मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतमा शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ।   

सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न बैंकको विभिन्न शाखा कार्यालयहरुमा खाता खोलेको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रदेश १ सरकारले २१२०००५८८१०१, प्रदेश २ ले १२२०५०३०००००१, बागमती प्रदेशले १३००५०३०००००२, गण्डकी प्रदेशले ३०२०००१८८३०१, प्रदेश ५ ले ३१२०५०३०००३०१, कर्णाली प्रदेशले ४०८०५०३०००००० र सुदूर पश्चिम प्रदेशले ४१७०५०३०००००३ राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका छन्। ती खातामा सरकारी र गैरसरकारी संस्थाले रकम हाल्न सक्नेछन्।