मार्जिन कारोबारका लागि नेप्सेले माग्यो ब्रोकरसँग आवेदन, कहिलेबाट सुरु हुन्छ मार्जिन कारोबार?

बिजमाण्डू
२०७५ फागुन १५ गते १०:५० | Feb 27, 2019


काठमाडौँ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मंगलबार मार्जिन कारोबार सुरु गर्न ब्रोकर कम्पनीसँग आवेदन मागेको छ।नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यबिधि,२०७५ लागु गर्दै उक्त कार्यविधी आवेदन मागेको हो।

Tata
GBIME

नेप्सेका अनुसार ब्रोकर कम्पनीले मार्जिन सेवा दिन अन्य निकायसँग अनुमति लिनुपर्दैन्। कार्यविधिले तोकेको मापदण्ड बमोजिम आवेदन दिएका ब्रोकरलाई आवश्यक प्रक्रिया पूरा गरेर सेवा सुरु गर्न पाउनेछन्।

नेप्सेले आवेदन माग गरेकाले ईच्छुक दलाल व्यवसायीले तोकेको मापदण्ड अनुसार आवेदन दिने नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए।‘नेपाल स्टक एक्सचेन्जले दिएको मापदण्डका आधारमा सेवा सेवा सुरु गर्न आवेदन दिन्छौ ’ उनले भने। ऋणको ब्याजदर पनि ब्रोकर र नेप्सेले निर्धारण गर्न सक्नेछ भने नेपाल धितोपत्र बोर्डले भने अनुगमन गर्नेछ।