शेयर बजार बारे नेपालमै पहिलो पटक ‘पूँजी बजार’ प्रदर्शनी, लगानीकर्ताले के पाउँछन् प्रदर्शनीबाट

बिजमाण्डू
२०७५ बैशाख २० गते ०९:२७ | May 3, 2018
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले पूँजी बजार बिस्तारका लागि नेपालमै पहिलो पटक पूँजी बजार प्रदर्शनी गर्ने भएको छ। बोर्डको मुख्य आयोजनामा बैशाख २६ र २७ गते प्रदर्शनी आयोजना हुने बोर्डका साहायक प्रबक्ता निरञ्य घिमिरेले जानकारी दिए।
 
धितोपत्र बजारको बिस्तार र सर्बसाधारणलाई पूँजी बजारका बरेमा एकै स्थानबाट सम्पूर्ण जानकारी दिने उदेश्यले ‘पूजी बजार प्रदर्शनी २०७५’ आयोजना गर्न लागेको  घिमिरेको बताए। प्रदर्शनीमा पूँजीबजारसँग सम्बन्धित सबै सरोकारवालाको सहभागिता गाराउने बोर्डको योजना छ। 
 
पूँजी बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल स्टक एक्सचेन्ज, मर्चेन्ट बैंक, धितोपत्र दलाल, सुचिकृत कम्पनी र सामुहिक लगानी कोष लगायतको उपस्थिति रहने बोर्डले जनाएको छ। 
 
भृकुटीमण्डपमा आयोजना गर्न लागिएको प्रदर्शनीमा १७० स्टल रहने छ। प्रदर्शनीमा पूँजी बजारसँग सम्बन्धित सरोकारवालाले स्टलबाटै अबलोकनकर्तालाई आफ्नो ब्यबसाय, क्षेत्र र सेवाका बारेमा जानकारी दिने छन्। 
 
प्रदर्शनीमा अवलोकनकर्ताले निशुल्क प्रवेश पाउने छन्। प्रदर्शनीमा धितोपत्र बजारसँग सम्बन्धित कम्पनीले अन्तरक्रिया र कार्यपत्र प्रस्तुत गर्ने छन्। 

Tata
GBIME