काठमाडौं।दरबारमार्ग पर्यटन विकास समितिले शनिबार दरबारमार्ग फूड फेष्टिबलको आयोजना गरेको छ।दरबारमार्ग क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि यो मेला गरेको हो।
मेलामा पाँच तारे होटल अन्नपूर्ण होटलले पनि सडकमा खाना बिक्री गरिरहेको छ भने भर्खरै खुलेको त्रिशाराको पनि स्टल छ।फेष्टिबलमा कन्सर्ट समेत रहेकोले युवापुस्ताको भीड उल्लेख्य छ।