सान्जेन र रसुवागढीमा मागभन्दा तीन गुणा बढी आवेदन पर्यो, कस्ता लगानीकर्तालाई होला धेरै फाइदा?

बिजमाण्डू
२०७४ फागुन २८ गते १३:२० | Mar 12, 2018

काठमाडौं। चिलिमे हाइड्रोपावरको प्रवर्द्धनका दुर्इ हाइड्रोपावर कम्पनी सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको पहिलो चरणको प्राथमिक शेयरमा तीन गुणा भन्दा धेरैको आवेदन परेको छ।

Tata
GBIME

निष्कासन अवधि सकिनुभन्दा तीन दिन अघि नै आवेदनभन्दा धेरै माग परेको हुँदा नियम अनुसार नै फागुन ३० गते नै निष्कासन बन्द हुने रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले जानकारी दिए।

रसुवागढी  जलविद्युत आयोजनामा आइतबारसम्ममा ८७ हजार २६७ जनाले आवेदन दिएको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले जानकारी दिए।

उक्त आवेदनबाट ३ अर्ब ४४ करोड रुपैयाँको आवेदन परेको छ। जसमा ५०० कित्ताको लागि ६ हजार भन्दा धेरै आवेदक रहेका छन् भने न्यूनतम ५० कित्ता तथा १०० कित्ताको लागि आवेदन गर्ने १३ हजार भन्दा बढी रहेको क्यापिटलले जनाएको छ। यसमा साढे दुर्इ गुणाभन्दा धेरैको आवेदन परेको छ।

त्यस्तै सान्जेन जलविद्युत आयोजनाकालागि अहिलेसम्म ८६ हजार २८४ जना आवेदकबाट २ अर्ब १४ करोड रुपैयाँको आवेदन परेको बिक्री प्रवन्धक नागरिक लगानीकोषका उप प्रवन्धक रोजनजंग कार्कीले जानकारी दिए। यसमा माग भन्दा तीन गुणा भन्दा धेरैको आवेदन परिसकेको छ।

यस्तो छ कम्पनीको निष्कासन

शेयरधनी मिति रसुवागढी सान्जेन
संचयकर्ता फागुन ११ देखि ३० 1334209500 711750000
संस्थापक कम्पनीका कर्मचारी चैत्र ५ देखि १३ 239473500 127750000
कर्मचारी संचयकोषका कर्मचारी चैत्र ५ देखि १३ 68421000 36500000
जम्मा   1642104000 876000000

 
यस्तो छ शेयर आवेदन दिन पाउने तरिका

शेयर धनी रसुवागढी सान्जेन
न्यनतम अधिकतम न्युनतम अधिकतम
संचयकर्ता 50 500 50 300
संस्थापक कम्पनीका कर्मचारी 50 500 50 300
कर्मचारी संचयकोषका कर्मचारी 50 2500 50 1000

 
साना लगानीकर्ता भन्दा ठूला लगानीकर्ताले धेरै शेयर पाउन सक्ने

अहिलेसम्मको  आवेदनलार्इ हेर्ने हो भने रसुवागढीमा ८७ हजार भन्दा धेरै को आवेदन परेको छ। यसमा अझै ६० हजार भन्दा धेरै पर्न सक्ने बताइएको छ। साथै आवेदनकालागि अझै तीन कार्य दिन बाँकी नै छ।

सान्जेन जलविद्युत आयोजनाकालागि ८ लाख ६५ हजार ३९ जना सञ्चयकर्ता योग्य छन् भने रसुवागढी जलविद्युत कम्पनीकालागि ८ लाख ६८ हजार ३९५ जना सञ्चयकर्ता आवेदनको लागि योग्य छन्।

सबै आवेदकले आवेदन दिन सक्ने अवस्था छैन। साथै डिम्याट खाता र सिआस्वा प्रणालीका कारण अधिकांश योग्य आवेदक लगानीबाट बञ्चित हुन सक्छन्। त्यसैले रसुवागढीमा अहिलेसम्म परेको आवेदनलार्इ हेर्दा अधिकतम आवेदन दिने लगानीकर्ता न्यूनतम आवेदन दिने भन्दा कम छन्।

मागभन्दा तीन गुणा मात्र परेको हेर्दा सानाले माग गरे अनुसार पाउँदै गर्दा पनि १५ करोड रुपैयाँ भन्दा कमको मात्र आवेदन पर्न जान्छ बाँकी १०० कित्ता भन्दा माथि आवेदन दिनेले न्यूनतम कित्ताभन्दा धेरै पाउन सक्छन्। साथै बाँकी तीन दिनमा पाँच गुणाभन्दा धेरैको आवेदन पर्न सक्ने देखिन्छ।