सिटिजन लाइफको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल, बीमा क्षेत्रमा १५ वर्षको अनुभव

बिजमाण्डू
२०७४ फागुन २ गते १८:१२ | Feb 14, 2018
सिटिजन लाइफको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल, बीमा क्षेत्रमा १५ वर्षको अनुभव

काठमाडौं।सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल नियुक्त भएका छन्।

बीमा क्षेत्रमा १५ वर्ष, वित्तिय क्षेत्रमा ६ वर्षको अनुभव छ।पौडेल यसअघि मेट लाइफको वित्त प्रमुख थिए।त्रिभुवन विश्वविद्यालयबाट एमबिए,एसिएस र एफएलएमआर्इ अध्ययन गरेका पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रमा तालिम लिएका छन्।

Tata
GBIME

गत कात्तिकदेखि व्यवसायिक कारोबार थालेको यो कम्पनीको ३२ वटा शाखा कार्यालय छ।कम्पनीले अहिलेसम्म १२ करोड रुपैयाँको कारोबार गरिसकेको छ।

कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त भएका छन्।कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ।कम्पनीले ७५ करोड रुपैयाँको शेयर जारी गरेर चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने भएको छ।