हिमालयन जनरलको नाफा २६ प्रतिशत बढ्यो, छ महिनाको नाफा ५ करोड १० लाख रुपैयाँ

बिजमाण्डू
२०७४ माघ २६ गते १०:०३ | Feb 9, 2018

काठमाडौं। हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको छ महिनामा ५ करोड १० लाख रुपैयाँ नाफा गरेको छ। कम्पनीले गत वर्ष ४ करोड तीन लाख रुपैयाँ नाफा गरेको थियो।

Tata
GBIME

कम्पनीले  कुल ५१ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले कुल १४ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ छ भने जगेडा कोषमा ११ करोड ६८ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ रहेको छ।