पर्सामा स्थानीय तह निर्वाचनको रौनक, मतदान सुरु, मतदाता ६ बजे अगाडि नै लाइनमा

बिजमाण्डू
२०७४ असोज २ गते ०८:२२ | Sep 18, 2017
वीरगञ्ज। तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का स्थानीय तहमा आज निर्वाचन भइरहेको छ। प्रदेश नम्बर २ अधिकांश जिल्लामा निर्वाचन सुरु भइसकेको छ। केही स्थानमा प्राविधिक कारणले मतदान सुरु भएको छैन। 
 

पर्साका प्राय सबै स्थानीय तहमा मतदान सुरु भएको छ। ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि १५ मिनेट ढिला गरी मतदान सुरु भएको हो।
 

वीरगञ्ज महानगरसहितका अधिकांश मतदान केन्द्रमा मतदात सुरु भएको छ। मतदाता बिहान ६ बजे अगावै लाइन बसिसकेका छन्। वीरगन्ज महानगरमा मात्र एक लाख ८ हजार ५०१ मतदाता छन्। महानगरमा ३२ वडा छन्। 
 
पर्सामा एक महानगरसहित १३ स्थानीय तह छन्। 
 

Tata
GBIME