माछापुच्छ्रे बैंक पनि शाखा विस्तारमा एग्रेसिभ, एकैदिन ६ वटा नयाँ शाखा संचालनमा ल्यायो

बिजमाण्डू
२०७४ साउन १६ गते २१:०० | Jul 31, 2017
माछापुच्छ्रे बैंक पनि शाखा विस्तारमा एग्रेसिभ, एकैदिन ६ वटा नयाँ शाखा संचालनमा ल्यायो
काठमाडौं।माछापुच्छ्रे बैंकले एकै दिन ६ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ।

Tata
GBIME

बैंकले एग्रेसिभ रुपमा शाखा विस्तार गरेको हो।बैंकले दमक,लहान,वर्दिवास,सुर्खेत,महेन्द्रनगर र कोहलपुरमा ६ वटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो।बैंकले तीन वटा एक्सटेन्सन काउन्टर र दुर्इवटा शाखारहित बैंकिङ सेवा समेत सुरु गरेको छ।सिराहा जिल्लाको कल्याणपुर गाउँपालिका,तनहुँ जिल्लाको भिमाद नगरपालिका र कंचनपुर जिल्लाको पुर्नवास नगरपालिकामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

बैंकले रुपन्देहीको गैडहवा र सम्मरी मार्इ गाउँपालिकामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।बैंकले शुभारम्भको अवसरमा निशुल्क डेविट कार्ड,कर्जा शुल्कमा शुन्य दशमलब २५ प्रतिशत छुट र लकर शुल्कमा पचास प्रतिशत छुट दिने जनाएको छ।बैंकले चैत मसान्तसम्म ५८ अर्ब ४ करोड निक्षेप परिचालन गरेर ५३ अर्ब पाँच करोड कर्जा प्रवाह गरेको जनाएको छ।बैंकले यो अवधिमा १ अर्ब ५१ लाख खुद मुनाफा कमाएको छ।