एनआईसी एसिया बैंकको मिस्डकल बैंकिङ सेवा, मिस्डकल गरे एसएमएसबाटै ब्यालेन्सवारे जानकारी आउने

बिजमाण्डू
२०७५ साउन २ गते १०:२२ | Jul 18, 2018

 

Tata
GBIME
NLIC

काठमाडौं। एनआईसी एसिया बैंकले यहि साउन १ गतेबाट मिस्ड कल बैंकिङ सेवा संचालनमा ल्याएको छ।
 
यो सेवाको सुरुवात सँगै अब बैंकका ग्राहकहरुले ब्यालेन्स वारे जानकारी, स्टेटमेन्ट बारे जानकारी लगायतका सेवाहरु मिस्ड कल गरेर प्राप्त गर्न सक्नेछन्।
 
बैंकले तोकेको नम्बरमा मिस्डकल गरि यी सेवाहरु लिन सकिनेछन्। ब्यालेन्सवारे जानकारी लिन ९८०१२२७७३३ मा मिस्डकल गर्नुपर्नेछ। मिस्डकल गरेपछि बैंकले एसएमएस मार्फत ब्यालेन्स बारे जानकारी दिने छ।
 
मिनी स्टेटमेन्टको जानकारी लिन  ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने छ।
 
कलब्याक सेवाको लागि ९८०१२२७७५५ मा मिस्ड कल गरे बैंकका सम्बन्धित कर्मचारीले फोन गरेर तपाईंले बुझ्न चाहेको कुराको जानकारी दिनेछन्।
 
बैंकले अहिले मुलुकभरका २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र १५ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा दिदै आएको छ।