एनएमबि बैंकले दियो २६ जना वित्तीय साक्षरता प्रशिक्षकलाई तालिम, कुल पाँच सयलाई तालिम दिने

बिजमाण्डू
२०७१ पुष २ गते ००:०० | Dec 17, 2014

काठमाडौं। एनएमबि बैंकले साक्षरता प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न गरेको छ। बैंकले प्लानेट फाइनान्सको सहकार्य तथा स्वीस डेभलपमेन्ट कोअपरेशनको सहयोगमा पाँच दिने वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न गरेको हो।

Tata
GBIME
Nepal Life

मुलुकका स्थानका २६ जना सहभागीहरुले यो तालिम लिएका छन्। तालिम कार्यक्रममा ग्रामीण समुदायलाई वित्तीय जानकारी प्रदानगर्ने विषयमा प्रशिक्षण दिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तालिम समापन समारोहमा एनएमबि बैंकका उपप्रमुख कार्यकारी अधिकृत सुनिल केसीले ग्रामीण भेगका बैंकिंग सेवामा बानी नपरेका मानिसलक्षित तालिम सुरु गरेको जानकारी दिए। बैकिङ सेवाबाट बाहिर रहेका मानिसहरुका लागि लक्षित वित्तीय साक्षरता प्रशिक्षण सृंखलाको सुरुवात गरेको जानकारी पनि उनले दिए।

दैलेख, धुन्चे, नेपालगञ्ज, इलाम, बिराटनगरलगायतका पाँच सय भन्दा बढी मानिसलाई वित्तीय साक्षरता तालिम दिइसकेपछि मात्र यो प्रशिक्षणको प्रभावकारीता मुल्यांकन गर्न सकिने उनले बताए।

एनएमबि बैकका लघुवित्त प्रयोगकर्तालाई दिइने प्रशिक्षणले निर्धन व्यक्तिहरुलाई वित्त व्यवस्थापनमा बुझ्न र वित्तीय संस्थाहरुलाई पनि सुरक्षित रुपमा लघुवित्त प्रदान गर्ने काममा सहयोग पुग्ने विश्वास बैंकको छ।

तालिमका प्रशिक्षक यज्ञराज ढुंगेलले लेखेको वित्तीय साक्षरता तथा तालिम पुस्तिका पनि विमोचन गरिएको थियो।