काठमाडौं। मुक्तिनाथ बिकास बैंकको हकप्रदले ग्रेड थ्री प्लस रेटिङ पाएको छ । यसले आधारभुत पक्ष औसत रहेको संकेत गर्छ । बैंकले नौं लाख १८ हजार सात सय ५० कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

बैंक सञ्चालन भएको
कम लागतको निक्षेपको हिस्सा ६७ प्रतिशत हुनु, मुख्य २० कर्जा दिने ग्राहकको संख्यालाई कुल कर्जाको पाँच प्रतिशत मात्र लगानी हुनु, सञ्चालनमा रहेको क्षेत्रहरुमा पर्याप्त शाखा हुनुलाई राम्रो पक्ष मानेको छ । खुद मुनाफा मार्जिन तीन बर्षदेखी स्थिर रहनु र यो अनुपात ५.५ प्रतिशत हुनुलाई पनि सबल पक्ष मानिएको छ ।
१० जिल्ला कार्यक्षेत्र रहेको यस बैंकको लघुउद्यममा गएको कर्जा कत्तिको सुरक्षित छ भन्ने पक्षले भविष्यको कार्यक्षमताको मुल्यांकन हुने इक्राले उल्लेख गरेको छ । आम्दानीको विविध स्रोत नहुनु, संस्थागत संस्थापकको अभाव, सञ्चालक समितिमा स्वतन्त्र प्रतिनिधी नहुनुलाई कमजोर पक्षको रुपमा लिइएको छ ।