BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ बिकास बैंकको हकप्रद सेयरले पायो ग्रेड थ्री प्लस रेटिङ, आधारभुत पक्ष औसत रहेको संकेत

२०७१ असोज २

काठमाडौं। मुक्तिनाथ बिकास बैंकको हकप्रदले ग्रेड थ्री प्लस रेटिङ पाएको छ । यसले आधारभुत पक्ष औसत रहेको संकेत गर्छ । बैंकले नौं लाख १८ हजार सात सय ५० कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । 
 
बैंकको बुधवार अन्तिम कारोबार सात सय ८३ रुपैयाँमा भइएको थियो । हकप्रदको अंकित मूल्य एक सय रुपैयाँ रहने छ । व्यवसायमा स्थिर रुपले वृद्धि हुनु, गत चैत सम्ममा खराब कर्जाको अनुपात ०.६६ प्रतिशत हुनु, मुनाफा दर राम्रो (मुनाफा/औसत कुल सम्पत्ती अनुपात २.५६ प्रतिशत र मुनाफा/नेटवर्थ अनुपात २३.३४) हुनुलाई सकारात्मक पक्षको रुपमा लिइएको छ ।

Tata
GBIME
Nepal Life

बैंक सञ्चालन भएको कम लागतको निक्षेपको हिस्सा ६७ प्रतिशत हुनु, मुख्य २० कर्जा दिने ग्राहकको संख्यालाई कुल कर्जाको पाँच प्रतिशत मात्र लगानी हुनु, सञ्चालनमा रहेको क्षेत्रहरुमा पर्याप्त शाखा हुनुलाई राम्रो पक्ष मानेको छ । खुद मुनाफा मार्जिन तीन बर्षदेखी स्थिर रहनु र यो अनुपात ५.५ प्रतिशत हुनुलाई पनि सबल पक्ष मानिएको छ । 

 
१० जिल्ला कार्यक्षेत्र रहेको यस बैंकको लघुउद्यममा गएको कर्जा कत्तिको सुरक्षित छ भन्ने पक्षले भविष्यको कार्यक्षमताको मुल्यांकन हुने इक्राले उल्लेख गरेको छ । आम्दानीको विविध स्रोत नहुनु, संस्थागत संस्थापकको अभाव, सञ्चालक समितिमा स्वतन्त्र प्रतिनिधी नहुनुलाई कमजोर पक्षको रुपमा लिइएको छ ।