वर्ल्डलिंक कम्युनिकेसन १९ औं वर्षमा,जति डाटा भोल्युम खरिद गर्‍यो उति नै डाटा सित्तैमा

बिजमाण्डू
२०७१ भदौ ३० गते ००:०० | Sep 15, 2014
काठमाडौं ।  इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन १९ औं वर्षमा प्रवेश गरेको छ। २०५२ सालमा सुरु भएको यस संस्थाले हाल देशको ६३ जिल्लामा सेवा विस्तार गरिसकेको र चारसय ५० भन्दा बढी कर्मचारीलाई रोजगारी दिइरहेको छ।

Tata
GBIME
NLIC

आफ्नो उत्कृष्ट सेवाले ग्राहकको जीवन शैली अझ सम्बृद्ध बनाउने उद्देश्य रहेको वर्ल्डलिंकले आफ्नो सेवा नेपालकै सबैभन्दा गुणस्तरीय सेवा हुने विश्वास लिएकोछ ।

घरायसी प्रयोजनको लागि वर्ल्डलिंकले आफ्नो १९ औं वार्षिक उत्सवका अवसरमा डबल जुम अफर फेरि बजारमा ल्याएको छ। केबल जुम र फाइबर जुमको १० र २५ एमबीपीएस प्लानमा जति डाटा भोल्युम खरिद गर्‍यो उति नै बराबरको डाटा भोल्युम सित्तैमा पाउने योजना ल्याएको छ ।

पाँच एमबीपीएस प्लानमा भने ५० प्रतिशत मात्रै बढी पाउन सकिनेछ र तीनहजार पर्ने जडान खर्चको हकमा भने वार्षिक ग्राहकले शतप्रतिशत छुट, त्रैमासिकलाई दुईहजार र मासिकलाई एकहजार छुट पाउन सकिने जनाएको छ। यो अफर केही समयको लागि मात्रै उपलब्ध भएको वर्ल्डलिंकले विज्ञप्तीमा जनाएको छ