
काठमाडौं । बजार खुल्नासाथ आइतवार सुनमा अर्को रेकर्ड तय भयो । नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारका लागि प्रतितोला सुनको मूल्य ६१ हजार १२० रुपैयाँ तोके । अघिल्लो बिहिवार सुन ६० हजार पाँच सय ३५ रुपैयाँमा कारोवार भएर एतिहासिक उचाई तय गरेको थियो ।
शुक्रवार प्रतितोलामा पाँचसय ३५ रुपैयाँले घटेपछि सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ तोकिएको थियो । आइतवार बजार खुल्नासाथ प्रतितोलामा ११ सय २० रुपैयाँको वृद्धिसहित छापावाल सुनका लागि ६१ हजार १२० रुपैयाँ मूल्य तोकियो । शनिवार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको थियो । त्यसको असर आन्तरिक बजारमा परेको हो ।
विहिवार प्रति औंस (२८ ग्राम) सुन अन्तराष्ट्रिय बजारमा १७०३ डलरमा कारोवार भएको थियो । शनिवार बढेर प्रतिआंैस १७३६ डलर पुगेको छ । यसैका कारण नेपालको सुन बजार पनि प्रभावित भएको हो । संघले तेजावी सुनको मूल्य प्रतितोला ६० हजार आठ सय ७० रुपैयाँ तोकेको छ ।
आइतवार सुन मात्र होइन चाँदी पनि महँगो भएको छ । संघले आइतवारका लागि चाँदी प्रतितोलामा २५ रुपैयाँ बढाएर ११ सय ९० रुपैयाँ तोकेको छ ।