BIZMANDU
www.bizmandu.com

सुनमा आइतवार नयाँ रेकर्ड, प्रतितोला ११ सय बढेपछि मूल्य ६१ हजार नाघ्यो

२०६९ भदौ २४

सुनमा आइतवार नयाँ रेकर्ड, प्रतितोला ११ सय बढेपछि मूल्य ६१ हजार नाघ्यो
सुनमा आइतवार नयाँ रेकर्ड, प्रतितोला ११ सय बढेपछि मूल्य ६१ हजार नाघ्यो


काठमाडौं । बजार खुल्नासाथ आइतवार सुनमा अर्को रेकर्ड तय भयो । नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारका लागि प्रतितोला सुनको मूल्य ६१ हजार १२० रुपैयाँ तोके । अघिल्लो बिहिवार सुन ६० हजार पाँच सय ३५ रुपैयाँमा कारोवार भएर एतिहासिक उचाई तय गरेको थियो ।
शुक्रवार प्रतितोलामा पाँचसय ३५ रुपैयाँले घटेपछि सुनको मूल्य  प्रतितोला ६० हजार रुपैयाँ तोकिएको थियो । आइतवार बजार खुल्नासाथ प्रतितोलामा ११ सय २० रुपैयाँको वृद्धिसहित छापावाल सुनका लागि ६१ हजार १२० रुपैयाँ मूल्य तोकियो । शनिवार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको थियो । त्यसको असर आन्तरिक बजारमा परेको हो ।
विहिवार प्रति औंस (२८ ग्राम) सुन अन्तराष्ट्रिय बजारमा १७०३ डलरमा कारोवार भएको थियो । शनिवार बढेर प्रतिआंैस १७३६ डलर पुगेको छ । यसैका कारण नेपालको सुन बजार पनि प्रभावित भएको हो । संघले तेजावी सुनको मूल्य प्रतितोला ६० हजार आठ सय ७० रुपैयाँ तोकेको छ ।
आइतवार सुन मात्र होइन चाँदी पनि महँगो भएको छ । संघले आइतवारका लागि चाँदी प्रतितोलामा २५ रुपैयाँ बढाएर ११ सय ९० रुपैयाँ तोकेको छ ।

Tata
GBIME
NLIC