काठमाडौं। त्रिवेणी बिकास, पब्लिक डेभलपमेन्ट र ब्राइट डेभलपमेन्ट बैंक आपसमा गाभिने भएका छन्। तीन वटै संस्थाबीच मंगलबार औपचारिक सम्झौता भएको छ। तीन वटा कम्पनीबीच गाभिने सेयर संरचनाका बारेमा भने टुङगो लागिसकेको छैन।
Companies 3rd q report unless mention (rs in 000) | |||
Bright dev (2070 chaitra) | Triveni | Public | |
Paid up | 140000 | 370106 | 151774 |
deposit | 464432 | 3883738 | 1042731 |
loan | 393968 | 2822602 | 876215 |
reserve | 28386 | 93257 | 28782 |
Ashar 17 share price | 138 | 266 | 185 |
त्रिवेणी बिकासमा सागरकुमार घिमिरे र पब्लिक डेभलपमेन्ट बैंकमा नारायण प्रसाद श्रेष्ठ प्रमूख कार्यकारी अधिकृतको रुपमा रहेका छन। ब्राइट डेभलपमेन्ट बैंकमा भने छविलाल हुमागाई कार्यवाहक प्रमूख कार्यकारी अधिकृत छन्।
मर्जरपछि बैंकको निक्षेप करिब पाँच अर्ब ५० करोड रुपैयाँ र कर्जा चार अर्ब रुपैयाँभन्दा बढि हुने छ। त्यस्तै, एक प्रमूख कार्यालय सहित बैंकको २१ शाखा र दुई एक्सटेन्सन काउन्टर हुने छन्।
यही असार १७ गते त्रिवेणीको मूल्य छ रुपैयाँले घटेर दुई सय ६६ , पब्लिकको १६ रुपैयाँले बढेर एक सय ८५ र ब्राइट डेभलपमेन्टको १० रुपैयाँले बढेर एक सय ३८ रुपैयाँ पुगेको छ।