
काठमाडौं । विहिवार प्रतितोलामा साढे पाँच सय रुपैयाँ बढेपछि सुनले नयाँ रेकर्ड बनाएको छ । बुधवार मात्रै सुनले त्यस अघिका सम्पूर्ण रेकर्डलाइ पछि पार्दै नया रेकर्ड बनाएको थियो । नेपाल सुन चादी व्यवसायी संघले विहिवार छापावाला सुन प्रति तोला ५८ हजार ६ सय रुपैया तोकेको छ । बुधवार सुन तोलामा साढे तीन सय रुपैयाले बढेर ५८ हजार पचास रुपैयाँमा कारोवार भएको थियो । विहिवार सुन तोलामा पाँच सय पचास रुपैयाँले बढेर कारोवार भएको हो । अन्तराष्ट्रिय बजारमा सुनको मुल्य लगातार उकालो लागिरहेका कारण नेपालको आन्तरिक बजारमा पनि सुनको मूल्य बढेको हो । तीज लगायतका चाडपर्वका कारण पनि नेपालमा सुनको माग बढ्दै गइरहेको छ । विहिवार चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा तीस रुपैयाँले बढेर प्रति तोला एक हजार ९४ रुपैयाँमा कारोवार भएको छ । यस अघि चाँदी मंगलवार तोलामा १५ रुपैयाँ तथा बुधवार १४ रुपैयाँले वृद्धि भएको थियो ।