एनआईसी बैंकको नाफा १० करोड रूपैयाँले घट्यो, रियलस्टेट कर्जा बढ्यो

बिजमाण्डू
२०६९ साउन ३१ गते ००:०० | Aug 15, 2012

काठमाडौं । घरजग्गामा दिएको ऋण नउठेपछि र ब्याज तथा कमिसन आम्दानी घटेपछि एनआइसी बैंकको नाफा साढे २० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४९ करोड ५७ लाख रुपैयाँ नाफा गरेको बैंकले यसपटक जम्मा ३९ करोड ४१ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । ऋण लगानी १५.४५ प्रतिशतले वढाए पनि ब्याज आम्दानी साढे सात प्रतिशतले घटेको  छ । २० प्रतिशतले वढेको निक्षेपमा महँगो व्याज तिर्नु परेकाले बैंकको ब्याज आम्दानी घटेको हो । साथै ब्याज र किस्ता ख्वाउने ऋण पनि बैंकले उठाउन सकेको छैन । बैंकको ऋण नउठेका कारण संभावित नोक्सानी व्यवस्थाको रकम ४१ प्रतिशतले वढेको छ ।
बैंकले अघिल्लो वर्ष ८७ करोड ब्याज आम्दानी गरेकोमा यस पटक ८१ करोड मात्र गरेको छ । बैंकको निक्षेप २० प्रतिशतले वढेर २२ अर्ब ११ करोड पुगेको छ भने ऋण १५ प्रतिशतले वढेर १७ अर्ब २४ करोड रुपैयाँ पुगको छ । अन्य बैंकले रियलस्टेटमा दिएको ऋण घटाए पनि एनआइसीले भने वढाएको छ । बैंकको रियलस्टेट कर्जा साढे ११ प्रतिशतले वढेर २ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १५.५७ गुणा र प्रति सेयर नेटवर्थ १ सय ८२ रुपैयाँ छ ।

Tata
GBIME
Nepal Life