
होचिमिन्ह । विकिनी लगाएका मोडलको डान्स हेर्दै जहाजको उडान गर्नुको मज्जा कस्तो होला ? धेरैजसोको कल्पनामा मात्रै सिमित हुने यस्तो अवसर केहि भियतानामी यात्रुहरुले पाएका छन् । तर, दुर्भाग्य भने त्यो विमान कम्पनीको रहेछ जसले विकिनी डान्स देखाएवापत जरिवान तिर्नुपर्यो ।
भियतनामि एयरलाईन्स भियतजेटएयरलाई त्यहाँको सरकारले नियम उलंघन गरेको भन्दै एक हजार अमेरिकी डलर जरिवाना गरेको हो ।
भियतनामको राजधानी होचिमिन्हदेखि न्हात्राङ्तर्फको पहिलो उडानका क्रममा कम्पनीले विमान भित्रै विकिनी डान्स आयोजना गराएको थियो । विकिनी डान्समा स्थानीयस्तरमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोतामा सहभागी चार मोडलहरु सहभागी थिए । उनीहरुले यात्रुलाई उपहार समेत वितरण गरेका थिए । रातो र पहेंलो रंग मिसिएको विकिनी लगाएका मोडलहरुले उपहार दिंदा धेरै युवा दंग पनि परेका थिए भने क्यामरा हुनेहरु मुभी र फोटो खिचिरहेका थिए ।
स्थानीय अधिकारीका अनुसार कम्पनीले अनुमति विना नै विमानमा डान्स गराएको भन्दै जरिवाना तिराइएको हो । हवाई सुरक्षाका लागि उडानका क्रममा मोबाइृल फोन स्वीच अफ गर्नुपर्छ तर यो विमानमा भने धेरैले मोबाईलबाट नै भिडीयो खिचेका थिए । यसले उडानका अपनाउनुपर्ने सावधानी सम्वन्धी नियम उल्लंन भएको भन्दै कम्पनीलाई जरिवाना गरिएको अधिकारीहरुको भनाई छ । न्युयोर्क डेली न्युज