BIZMANDU
www.bizmandu.com

बिमानमा विकिनी डान्स गराएपछि भियतजेटलाई हजार डलर जरिवाना (तस्वीर समाचार)

२०६९ साउन २६

बिमानमा विकिनी डान्स गराएपछि भियतजेटलाई हजार डलर जरिवाना (तस्वीर समाचार)
बिमानमा विकिनी डान्स गराएपछि भियतजेटलाई हजार डलर जरिवाना (तस्वीर समाचार)



होचिमिन्ह । विकिनी लगाएका मोडलको डान्स हेर्दै जहाजको उडान गर्नुको मज्जा कस्तो होला ? धेरैजसोको कल्पनामा मात्रै सिमित हुने यस्तो अवसर केहि भियतानामी यात्रुहरुले पाएका छन् । तर, दुर्भाग्य भने त्यो विमान कम्पनीको रहेछ जसले विकिनी डान्स देखाएवापत जरिवान तिर्नुपर्यो ।
भियतनामि एयरलाईन्स भियतजेटएयरलाई त्यहाँको सरकारले नियम उलंघन गरेको भन्दै  एक हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

भियतनामको राजधानी होचिमिन्हदेखि न्हात्राङ्तर्फको पहिलो उडानका क्रममा कम्पनीले विमान भित्रै विकिनी डान्स आयोजना गराएको थियो । विकिनी डान्समा स्थानीयस्तरमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोतामा सहभागी चार मोडलहरु सहभागी थिए । उनीहरुले यात्रुलाई उपहार समेत वितरण गरेका थिए । रातो र पहेंलो रंग मिसिएको विकिनी लगाएका मोडलहरुले उपहार दिंदा धेरै युवा दंग पनि परेका थिए भने क्यामरा हुनेहरु मुभी र फोटो खिचिरहेका थिए ।

स्थानीय अधिकारीका अनुसार कम्पनीले अनुमति विना नै विमानमा डान्स गराएको भन्दै जरिवाना तिराइएको हो । हवाई सुरक्षाका लागि उडानका क्रममा मोबाइृल फोन स्वीच अफ गर्नुपर्छ तर यो विमानमा भने धेरैले मोबाईलबाट नै भिडीयो खिचेका थिए । यसले उडानका अपनाउनुपर्ने सावधानी सम्वन्धी नियम उल्लंन भएको भन्दै कम्पनीलाई जरिवाना गरिएको अधिकारीहरुको भनाई छ । न्युयोर्क डेली न्युज

Tata
GBIME
NLIC