
काठमाडौ । यातायात व्यवस्था विभागले मुलुकभर चल्ने सार्वजनिक सवारी साधन र ढुवानीको भाडादर सार्वजनिक गरेको छ । विभागले डिजेलमा भएको मूल्यवृद्धिको आधारमा साउन २ गतेदेखि नै सार्वजनिक यातायातको भाडा ३ दशमलब ७५ प्रतिशतले वृद्धि गरेको छ ।
नयाँ भाडादर अनुसार काठमाडौ उपत्यका लगायत सहरी क्षेत्रको न्यूनतम भाडादर १४ रुपैयाँ कायम भएको छ । तर उपभोक्ताले भने न्यूनतम भाडा १५ रुपैयाँ तिरिरहेका छन् । विभागका अनुसार शुन्य देखि ४ किलोमिटरसम्म १४, शुन्य देखि ५ किलोमिटरसम्म १५, शुन्य देखि ६ किलोमिटरसम्म १६, शुन्य देखि ८ किलोमिटरसम्म १७, शुन्य देखि १० किलोमिटरसम्म २०, शुन्य देखि १३ किलोमिटरसम्म २१, शुन्यदेखि १६ किलोमिटरसम्म २३, शुन्य देखि १९ किलोमिटरसम्म २४ र शुन्यदेखि १९ किलोमिटर भन्दा माथि २५ रुपैयाँ भाडा तोकेको छ ।
उपत्यका र उपत्यका वाहिरका सहरी इलाकामा चल्ने सबै सार्वजनिक यातायातका साधनले विभागले तोकेको भन्दा बढी भाडादर असुली गरिरहेका छन् । विभागले भाडादर सार्वजनिक गर्ने तर अनुगमन नर्गदा यात्रु ठगिरहेका छन् ।