BIZMANDU
www.bizmandu.com

सरकारले सार्वजनिक गर्यो यातायात भाडादर, काठमाडौंमा न्युनत्तम १४ रुपैयाँ मात्र

२०६९ साउन २३

सरकारले सार्वजनिक गर्यो यातायात भाडादर, काठमाडौंमा न्युनत्तम १४ रुपैयाँ मात्र
सरकारले सार्वजनिक गर्यो यातायात भाडादर, काठमाडौंमा न्युनत्तम १४ रुपैयाँ मात्र


काठमाडौ । यातायात व्यवस्था विभागले मुलुकभर चल्ने सार्वजनिक सवारी साधन र ढुवानीको भाडादर सार्वजनिक गरेको छ । विभागले डिजेलमा भएको मूल्यवृद्धिको आधारमा साउन २ गतेदेखि नै सार्वजनिक यातायातको भाडा ३ दशमलब  ७५ प्रतिशतले वृद्धि गरेको छ ।
नयाँ भाडादर अनुसार काठमाडौ उपत्यका लगायत सहरी क्षेत्रको न्यूनतम भाडादर १४ रुपैयाँ कायम भएको छ । तर उपभोक्ताले भने न्यूनतम भाडा १५ रुपैयाँ तिरिरहेका छन् । विभागका अनुसार शुन्य देखि ४ किलोमिटरसम्म १४, शुन्य देखि ५ किलोमिटरसम्म १५, शुन्य देखि ६ किलोमिटरसम्म १६, शुन्य देखि ८ किलोमिटरसम्म १७, शुन्य देखि १० किलोमिटरसम्म २०, शुन्य देखि १३ किलोमिटरसम्म २१, शुन्यदेखि १६ किलोमिटरसम्म २३, शुन्य देखि १९ किलोमिटरसम्म २४ र शुन्यदेखि १९ किलोमिटर भन्दा माथि २५ रुपैयाँ भाडा तोकेको छ ।
उपत्यका र उपत्यका वाहिरका सहरी इलाकामा चल्ने सबै सार्वजनिक यातायातका साधनले विभागले तोकेको भन्दा बढी भाडादर असुली गरिरहेका छन् । विभागले भाडादर सार्वजनिक गर्ने तर अनुगमन नर्गदा यात्रु ठगिरहेका छन् ।
 

Tata
GBIME
NLIC