काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको मसान्तसम्म ७१ करोड ८० लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष यति बेला बैंकले ५७ करोड २ लाख रुपैयाँ नाफा गरेको थियो । गत पुसमा बैंकको नाफा ५० करोड रुपैयाँ थियो ।
नाफाको वृद्धिपछि बैंकको प्रति सेयर आम्दानी ३४.६९ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २२.०५ गुणा छ । बैंकको प्रति सेयर नेटवर्थ १९३.८४ रुपैयाँ छ । प्रति सेयर कुल सम्पतिको मूल्य २ हजार १ सय ५० रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत वोनस सेयर र १३.४२ प्रतिशत नगद लाभांस दिएको थियो ।
बैंकको यसपाली नोक्सानी व्यवस्थाको रकम (प्रोभिजनिङ) वढेको छ । अघिल्लो वर्ष १९ करोड १८ लाख प्रोभिजनिङ गरेको बैंकले यसपाली करिव दोब्बर ३७ करोड ८८ लाख रुपैयाँ गरेको छ । बैंकको खुद व्याज आम्दानी १ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यति बेला खुद ब्याज आम्दानी १ अर्ब २८ करोड रुपैयाँ थियो ।
अघिल्लो वर्ष घाटामा गएको सेन्चुरी कमर्सियल बैंक २ करोड ३९ लाख रुपैयाँ नाफामा गएको छ । अघिल्लो वर्ष बैंक ३ करोड ६२ लाख रुपैयाँ घाटामा थियो । सर्वसाधारणमा सेयर जारि गरिनसकेको बैंकले ७ करोड १९ लाख प्रोभिजनिङ गरेको छ ।