
काठमाडौं।आइएमर्इ र भारतको मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौंता भएको छ।
सम्झौंतापत्रमा आइएमर्इका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेल र मुथुतका तर्फबाट महाप्रवन्धक के विजिमोनले हस्ताक्षर गरे।कार्यक्रममा आइएमर्इ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल,समूहका प्रवन्ध निर्देशक हेमराज ढकाल,आइएमर्इ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,मुथुत फाइनान्स इण्डो नेपाल रेमिटेन्स प्रमुख अनिल कार्कीको उपस्थिती थियो।
सम्झौताअनुसार भारतमा रहेका नेपालीले मुथुतका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् ।यो पैसा नेपालमा रहेको ७ हजार भन्दा बढी आइएमर्इ एजेन्टबाट भूक्तानी पाउने विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार नेपालमा ग्लोबल आइएमर्इ बैंक र भारतमा आरबिएल बैंक यो सेवाका लागि साझेदार बैंकिङ संस्था रहेको छ।आइएमर्इ समूहका अध्यक्ष चन्द्र ढकालले मुथुतसँगको सहकार्यपछि भारतमा रहेका लाखौ नेपालीले सहज रुपमा पैसा पठाउन ढोका खुलेको बताए।समूहका प्रवन्ध निर्देशक हेमराज ढकालले इण्डो नेपाल रेमिटेन्स सेवामा यो सम्झौंताले विविधता ल्याउने बताए।