सगुनको मिनि आईपिओ किन्ने समय तीन दिन थपियो, अब मंसिर १७ गते सम्म आईपिओ किन्न पाईने

बिजमाण्डू
२०७४ मंसिर १५ गते १२:२३ | Dec 1, 2017

काठमाडौं। सगुनले जारि गरेको दोस्रो चरणको मिनि आईपिओमा लगानी गर्न तीन दिन समय थप गरेको छ।

Tata
GBIME
NLIC

अमेरिकाको समय अनुसार नोभेम्बर ३० (मंसिर १४) को मध्य रात सम्म मात्र शेयर बिक्रिको समय भएपनि विश्वभर बाट लगानीकर्ताको अत्याधिक चाप र बैंक ट्रान्सफरमा देखिएको समस्याका कारण डिसेम्बर ३ (मंसिर १७) को मध्यरात सम्म लगानी खुल्ला रहने कम्पनीले जनाएको छ।

सगुनमा लगानी गर्न अन्तिम समयमा विश्वभरबाट अत्याधिक चाप बढेको र केहि देशहरुमा बैंक ट्रान्सफरमा समस्या देखिएपछि लगानीकर्ताको अनुरोधलाई मध्यनजर गर्दै समय थप गरिएको सगुन द्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ।

लगानी प्रक्रियामा प्रवेश गरिसकेका तर प्राविधिक कारणबस शेयर खरिद प्रक्रिय पुरा गर्न नसकेका लगानीकर्ताको आग्रह अनुसार ७२ घण्टको समय थप गरिएको हो।

सगुनमा लगानी गर्न ईच्छुक सबै व्यक्तीले थपिएको ७२ घण्टाको समय उपयोग गर्न सक्नेछन्। यसपछि अर्को म्याद थप नहुने कम्पनीले स्पष्ट पारेको छ।
लगानी गर्न ईच्छुक सबै नागरिकले सगुनको साईटमा उपलब्ध लगानी फारम भरेर प्रक्रियामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।