प्रचण्डको फोनपछि देउवा निवासमा जनार्दन शर्मा, कांग्रेस-एमालेबीच किचलो बढ्दा के कुरा भयो?

बिजमाण्डू
२०८२ जेठ २ गते १७:२० | May 16, 2025
प्रचण्डको फोनपछि देउवा निवासमा जनार्दन शर्मा, कांग्रेस-एमालेबीच किचलो बढ्दा के कुरा भयो?

काठमाडौं। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

Tata
GBIME

शर्माले शुक्रबार बुढालीलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन्। शर्माले देउवासँग समसामयिक विषयमा कुरा भएको बताएका छन्।

‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल,’ शर्माले फेसबुकमा लेखेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरिरहेका बेला शर्माले देउवालाई भेट गरेका हुन्। प्रचण्डले शुक्रबार नै डडेल्धुराबाट देउवालाई फोन गरेका थिए।

कांग्रेस र एमालेबीच किचलो बढिरहेका बेला माओवादी नेता शर्माले देउवासँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।