एयरब्यागमा खराबी भएपछि जापानका ठूला चार कार कम्पनीले ३४ लाख कार फिर्ता लिर्दै

बिजमाण्डू
२०६९ चैत्र ३० गते ००:०० | Apr 12, 2013

टोकियो । जापानका मुख्य चार कार निर्माताले ३४ लाख कार फिर्ता लिने भएका छन् । प्यासेन्जर एयरब्यागमा भएको खराबीका कारण यी कम्पनीले कार फिर्ता लिने निर्णय गरेका हुन् । यसमा टोयोटाले मात्रै १७ लाख ३० हजार कार फिर्ता लिनेछ । एयरब्यागमा भएको खराबीले कार फिर्ता लिन लागेको टोयोटाले जनाएको छ । होन्डाले विश्वभरीबाट ११ लाख ३० हजार कार फिर्ता लिने भएको छ । निशानले ५ लाख र माज्दाले ४५ हजार फिर्ता गर्दैछन् । बेलायतमा टोयटा, निशान र होन्डाले सिमित मोडेल मात्रै फिर्ता गर्नेछ ।

Tata
GBIME