माओवादी विस्तारित बैठक, समुहबाट आएका सुझावमा छलफल

बिजमाण्डू
२०६९ साउन ५ गते ००:०० | Jul 20, 2012
माओवादी विस्तारित बैठक, समुहबाट आएका सुझावमा छलफल

काठमाडौं । विवाद समाधान भएपछि विहिवार पुनः सुरु भएको माओवादी विस्तारित बैठक शुक्रवार बिहान ११ बजेबाट सुचारु हुँदैछ । शुक्रवार बिस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमा समूहगत रुपमा छलफलबाट आएका सुझाब पेश गर्ने कार्यक्रम छ । विभिन्न १४ समूहमा प्रतिवेदनमा छलफल भएको थियो ।
बिहीबारको बैठकमा सातवटा समूहका टोली नेताले छलफलका क्रममा प्रतिवेदनमा आएका आलोचना, थप्नुपर्ने विषय लगायतका कुराहरु समेटेर आफ्नो धारणा राखेका थिए । बिस्तारित बैठकमा बोल्ने अधिकांशले राष्ट्रियताको मुद्दा र भारतलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्नुपर्ने बताएका थिए । दुईगतेदेखि शुरु भएको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टीको कार्यनीति, कार्ययोजना र कार्यदिशा सहित १२ वटा कमजोरी उल्लेख गर्दै प्रतिवेदन पेश गर्नुभएको थियो ।
माओवादीमा महाधिवेशनपछिको सबैभन्दा ठूलो मानिने बिस्तारित बैठकले कार्यनीति र कार्यदिशाको टुंगो लगाउनेछ ।

Tata
GBIME
Nepal Life