लक्ष्मी बैंकको नाफा घट्यो, नोक्सानी व्यवस्थामा साढे सात करोड, ऋण लगानी र निक्षेप विस्तार

बिजमाण्डू
२०६९ फागुन ३ गते ००:०० | Feb 14, 2013
काठमाडौं । लक्ष्मी बैंकको नाफा घटेको छ । बैंकको नाफा ८.२४ प्रतिशतले घटेर १६ करोड २२ लाखमा झरेको हो । लक्ष्मीसहित यो वर्ष ग्रान्ड बैंक नेपालको पनि नाफा घटेको छ । किस्ट बैंक घाटैमा गएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नाफा जम्मा ३६ लाखले वढेको छ । यि बाहेक सवै बैंकले नाफा ह्वात्तै वढाएका छन् ।
लक्ष्मी बैंकले नोक्सानी व्यवस्थामा ७ करोड ५५ लाख रुपैयाँ छुट्याउनु परेकाले नाफा घटेको हो । अघिल्लो पुसमा बैंकको नाफा १७ करोड ६८ लाख रुपैयाँ थियो । बैंकले डुवेको ऋणमध्ये १ करोड ७६ लाख रुपैयाँ उठाएको पनि छ । तर स्प्रेड घटाएको र नोक्सानी व्यवस्थाको रकम वढेका कारण नाफाको वृद्धि दर उकास्न सकेन ।
बैंकले खुद ब्याज आम्दानी ८.६८ प्रतिशतले बढाउँदै ३५ करोड ९८ लाख पुर्याएको छ । बैंकले यसपाली निक्षेप र लगानी विस्तारमा विशेष ध्यान दिएको छ ।
बैंकले २०.१६ प्रतिशतले वृद्धि गर्दै १९ अब ७३ करोडको निक्षेपलाई २३ अर्ब ७१ करोड पुर्याएको छ । कर्जा विस्तार पनि ११.६१ प्रतिशतले वढेको छ । अघिल्लो वर्षको पुसमा १६ अर्ब ३२ करोड रहेको बैंकको कर्जा यसपाली १८ अब २२ करोड पुगेको छ ।

Tata
GBIME
Nepal Life