चिलिमेको नाफा ५४ करोड पुग्यो, प्रति सेयर आम्दानी ६२ रुपैयाँ, लगानीमा पनि वृद्धि

बिजमाण्डू
२०६९ फागुन १ गते ००:०० | Feb 12, 2013
काठमाडौं । चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले ५३ कारोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो पुसको भन्दा यो करिव ४ करोडले वढी हो । अघिल्लो पुसमा कम्पनीले ४९ करोड ८२ लाख नाफा गरेको थियो । असोजमा कम्पनीको नाफा ३० करोड ८७ लाख रुपैयाँ थियो ।
नाफा वृद्धिसँगै प्रति सेयर आम्दानी ६१.७४ रुपैयाँ पुगेको छ । चिलिमेको मूल्य आम्दनी अनुपात १८.३० गुणा छ । कम्पनीको प्रति सेयर नेटवर्थ ३१७.३५ रुपैयाँ छ ।
कम्पनीले विद्युत् विक्रीबाट ५१ करोड ६० लाख आम्दानी गरेको छ । यसमा कम्पनीको खर्च २ करोड ६८ लाख रुपैयाँ भएको छ । कम्पनीले लगानीसमेत वृद्धि गरेको छ । उसले ४२ करोडको  लगानीलाई ५६ करोड ६२ लाख पुगेको छ ।
कम्पनीले गत वर्षको नाफाबाट ३० प्रतिशत वोनस सेयर र २० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको थियो ।
 

Tata
GBIME
Nepal Life