सुनको मूल्य प्रति तोलामा एक सय घट्यो, चाँदी पनि तल झर्यो

बिजमाण्डू
२०६९ साउन १ गते ००:०० | Jul 16, 2012
सुनको मूल्य प्रति तोलामा एक सय घट्यो, चाँदी पनि तल झर्यो

काठमाडौं । शुक्रवार सुनको मूल्य थप एक सय रुपैयाँले सस्तो भयो । आइतवार सुनको मूल्य प्रतितोला ५५ हजार सात सय रुपैयाँ भएकोमा सोमवार एक सय रुपैयाँ घटेर कारोवार भयो । तेजावी सुन पनि एक सय रुपैयाँ सस्तो भएर ५५ हजार तीन सय ५० रुपैयाँमा कारोवार भयो । दुई साता अघिसम्म सुन ५६ हजार चार सयको हाराहारीमा थियो ।
सुनसँगै सोमवार चाँदीको भाउ पनि सस्तो भयो । प्रति दशग्राम चाँदीमा ४० रुपैयाँ सस्तो भएपछि चाँदी प्रतिदशग्राम आठ हजार पाँच सय ७५ रुपैयाँमा कारोवार भयो । चाँदी पनि दुई साता यताकै न्युन विन्दूमा झरेको हो । अन्तराष्ट्रिय बजारमा पनि आज सुनको भाउ घटेको छ भने डलर पनि भारुको तुलनामा अवमूल्यन भएको छ । मंगलवार पनि नेपाली बजारमा सुनको मूल्य अझ कम हुने सम्भावना छ ।

Tata
GBIME
Nepal Life