
काठमाडौं । एप्पलले १२८ जीबी क्षमताको नया आइप्याड बजारमा ल्याउने भएको छ । नयाँ भर्सनमा आउन लागेको आइप्याडको मेमोरी क्षमता १२८ जिबी छ । एप्पलले अहिलेसम्म १६, ३२ र ६४ जीबी मेमोरी क्षमताका आइप्याड मात्रै बजारमा ल्याएको छ । नयाँ आइप्याडको क्षमता अहिले बजारमा उपलब्ध आइप्याडको तुलनामा दोब्बर हुने कम्पनीले जनाएको छ ।
नयाँ आइप्याड व्यापारिक तथा व्यक्तिगत प्रयोगको लागि पनि उपयुक्त हुने कम्पनीले दावी गरेको छ । अहिलेसम्म करिब १२ करोडभन्दा बढि आइप्याड बेचेको एप्पलको नयाँ भर्सन फरवरी ५ सम्ममा विक्रिको लागि बजारमा उपलब्ध हुने जानकारी दिएको छ । यो कालो र सेतो रङ्गमा उपलब्ध हुने कम्पनीले बताएको छ । केबल वाइफाइ मोडलको आइप्याडको मुल्य ७ सय ९९ अमेरिकी डलर पर्ने भए पनि वायरलेस कनेक्शन सहितको आइप्याडलाई ९ सय २९ अमेरिकि डलर पर्नेछ ।