BIZMANDU
www.bizmandu.com

एप्पलको १२८ जिबी मेमोरीको नयाँ आइप्याड बजारमा आउँदै, मूल्य आठ सय डलर

२०६९ माघ १७

एप्पलको १२८ जिबी मेमोरीको नयाँ आइप्याड बजारमा आउँदै, मूल्य आठ सय डलर
एप्पलको १२८ जिबी मेमोरीको नयाँ आइप्याड बजारमा आउँदै, मूल्य आठ सय डलर

काठमाडौं । एप्पलले १२८ जीबी क्षमताको नया आइप्याड बजारमा ल्याउने भएको छ । नयाँ भर्सनमा आउन लागेको आइप्याडको  मेमोरी क्षमता १२८ जिबी छ । एप्पलले अहिलेसम्म १६, ३२ र ६४ जीबी मेमोरी क्षमताका आइप्याड मात्रै बजारमा ल्याएको छ । नयाँ आइप्याडको क्षमता अहिले बजारमा उपलब्ध आइप्याडको तुलनामा दोब्बर हुने कम्पनीले जनाएको छ ।

नयाँ आइप्याड व्यापारिक तथा व्यक्तिगत प्रयोगको लागि पनि उपयुक्त हुने कम्पनीले दावी गरेको छ । अहिलेसम्म करिब १२ करोडभन्दा बढि आइप्याड बेचेको एप्पलको नयाँ भर्सन फरवरी ५ सम्ममा विक्रिको लागि बजारमा उपलब्ध हुने जानकारी दिएको छ । यो कालो र सेतो रङ्गमा उपलब्ध हुने कम्पनीले बताएको छ । केबल वाइफाइ मोडलको  आइप्याडको मुल्य ७ सय ९९  अमेरिकी डलर पर्ने भए पनि वायरलेस कनेक्शन सहितको आइप्याडलाई ९ सय २९ अमेरिकि डलर पर्नेछ ।

Tata
GBIME
Nepal Life