साहस ऊर्जाको नाफा २१.०६ प्रतिशतले वृद्धि, ३ महिनामा कमायो ५९ करोड ९१ लाख

बिजमाण्डू
२०८३ कात्तिक २९ गते ११:३८ | Nov 15, 2026
साहस ऊर्जाको नाफा २१.०६ प्रतिशतले वृद्धि, ३ महिनामा कमायो ५९ करोड ९१ लाख

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा साहस ऊर्जाले ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

GBIME
Tata

कम्पनीले ३ महिनामा आर्जन गरेको मुनाफा पोहोर सोही अवधिको तुलनामा २१.०६ प्रतिशतले धेरै हो। हाइड्रोपावरले गत वर्ष पहिलो त्रैमासमा ४९ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो।

विद्युत् उत्पादन बढ्दा कम्पनीले नाफा बढाएको हो। पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट साहस ऊर्जाले ९५ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ।

यो रकम पोहोर पहिलो त्रैमासको तुलनामा ३.१६ प्रतिशतले बढी हो।

साहस ऊर्जाको दुई आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय स्थिति रुपैयाँमा

सूचक२०८३/८४२०८२/८३फरक %
चुक्ता पुँजी४,५७,३८,००,०००३,७८,००,००,०००२१
विद्युत् बिक्रीवापतको आम्दानी९५,३८,२३,३६३९२,४६,३६,९८७३.१६
वित्तीय लागत-११,६५,९९,७११-१६,७९,६४,४३२–
कुल नाफा५९,९१,४७,३१५४९,४८,९९,९८१२१.०६
प्रति सेयर आम्दानी५२.४५२.३७०.०६
प्रति सेयर नेटवर्थ१९३.७११९६.८९-१.६२
स्रोत: कम्पनीको ब्यालेन्स सिट