भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदै, उच्चस्तरीय भेटवार्ता हुने

बिजमाण्डू
२०८३ कात्तिक १६ गते १७:१५ | Nov 2, 2026
भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदै, उच्चस्तरीय भेटवार्ता हुने


भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन्। आज विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे जानकारी दिएको हो।

GBIME
Tata

उनको भ्रमण प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको सिलसिलामा हुन लागेको अनुमान छ। उनी बुधबार काठमाडौं ओर्लिनेछन्। उनको भ्रमण दुई दिनका लागि तय भएको छ।

भ्रमणका क्रममा परराष्ट्र सचिव अमृत राई र मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ। विज्ञप्तिमा मिश्रीले उच्चस्तरीय भेटघाट गर्ने उल्लेख छ।

यसअघि पनि उनको भ्रमण तय भएकोमा पछि रद्द भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मिश्रीलाई नभेट्ने निर्णय गरेपछि त्यसपछि भम्रण अन्यौलमा परेको थियो।