काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन्।
नेपाल भ्रमणमा रहेकाे स्विटजरल्याण्डकाे राष्ट्रिय परिषदका अध्यक्ष पियरे आन्द्रे पेजकाे प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको शीष्टाचार भेटमा राष्ट्रपति पाैडेलले साे धारणा व्यक्त गरेका हुन्।
‘नेपालको शान्ति प्रक्रियामा स्विटजरल्याण्ड सरकारको निरन्तर सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ। नेपालको लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्याण्डले लामो समयदेखि गर्दै आएको सहयोगकाे म प्रशंसा गर्दछु,’ उनले भने।
साथै, राष्ट्रपति पाैडेलले स्विटजरल्याण्डकाे सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताएका थिए।
साे अवसरमा स्विटजरल्याण्डकाे राष्ट्रिय परिषदका अध्यक्ष पियरेले पनि नेपालसँगको सहकार्यमा जोड दिएका थिए।
‘हिमालहरू चलायमान हुँदैछन। यसका लागि पूर्व सूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको र यसमा स्विटजरल्याण्डले काम गरिरहेको सन्दर्भमा यसमा सहकार्य गर्न चाहन्छौंm,’ उनले भने।










