काठमाडौं। सिटिजन्स बैंकको ब्यालेन्स सिटमा सुधार आएको छ। बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा वृद्धि गरेर ब्यालेन्स सिटमा सुधार ल्याएको हो।
पोहोर नोक्सानीमा रहेको बैंकले यो वर्ष पहिलो त्रैमासमा १० करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ। बैंक पोहोर पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा थियो। कर्जा नोक्सानी घटेका कारण बैंकको नाफामा सुधार आएको हो।
बैंकले पोहोर १ अर्ब ७३ करोड रुपैयाँ कर्जा नोक्सानी छुट्याएकोमा चालु वर्ष १ अर्ब ७ करोड रुपैयाँमा झारेको छ। बैंकको ब्याज आम्दानी भने केही खुम्चिएको छ।
गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ६६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको सिटिजन्सको यो वर्ष सोही अवधिमा १ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ।
बैंकको खराब कर्जा ६.८० प्रतिशत पुगेको छ। कोष लागत ३.१५ प्रतिशतमा झरेको छ। यसअघि ४.०५ प्रतिशत थियो।
नाफा बढेसँगै बैंकको सूचकमा सुधार आएको छ। बैंकको पुँजीकोष अनुपात १२.०८ प्रतिशत छ। पहिलो त्रैमाससम्म प्रति सेयर आम्दानी २.६८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५५.४३ रुपैयाँ छ।
| सूचक | आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (रुपैयाँ) | आर्थिक वर्ष २०८२/८३को पहिलो त्रैमास (रुपैयाँ) | फरक % |
| कर्जा | १८३,४९५,४९९,७१७ | १७६,०८०,१९९,८०३ | ४.२१% |
| निक्षेप | २४२,७३२,७०३,१४८ | २१५,२२४,६१६,२२९ | १२.७८% |
| ब्याज आम्दानी | ३,६३३,०६५,१४६ | ४,०६६,३२६,६२० | -१०.६५% |
| ब्याज खर्च | -२,०९१,५४८,१४७ | -२,४००,०६३,१३० | -१२.८५% |
| खुद ब्याज आम्दानी | १,५४१,५१६,९९८ | १,६६६,२६३,४८९ | -७.४९% |
| फि तथा कमिसन आम्दानी | ३६८,८३९,१८९ | ३५१,०२५,९२५ | ५.०७% |
| सपरेटिङ इन्कम | १६०,३४९,७०८ | १९७,६३२,५६१ | -१८.८६% |
| प्रोभिजनिङ | -१,०७८,५२०,५९१ | -१,७३७,४९४,२४३ | -३७.९३% |
| सञ्चालन खर्च | -८६३,२९९,९७४ | -८४९,२८२,७३० | १.६५% |
| अन् अपरेटिङ इन्कम | ४३,८८५,५९६ | १२,७७७,५८९ | २४३.४६% |
| खुद आम्दानी | १०७,७०३,२६९ | -२२०,४११,१७१ | – |
| वितरणयोग्य मुनाफा | -४५७,७००,१९६ | -१,१९२,९४७,०७६ | – |
| रिटर्न अर्निङ | -४४८,४१५,४०८ | -४१४,७७८,०८८ | – |









