बैंकले नाफा धेरै देखाउन प्रोभिजनिङ आधा घटाए, ब्यालेन्स सिटमा खराब कर्जाको ग्राफ उकालो

आकाश बोगटी
२०८३ कात्तिक १५ गते १२:२१ | Nov 1, 2026
बैंकले नाफा धेरै देखाउन प्रोभिजनिङ आधा घटाए, ब्यालेन्स सिटमा खराब कर्जाको ग्राफ उकालो


काठमाडौं। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले खुद नाफा ४५.६० प्रतिशतले नाफा बढाएका छन्।

GBIME
Tata

वाणिज्य बैंकहरुले नाफा तीन महिनामा १९ अर्ब १४ करोड ५३ लाख रुपैयाँ कमाएको देखाए पनि खराब कर्जा वृद्धि भएको छ भने ब्याज आम्दानी १ प्रतिशत हाराहारी मात्रै बढेको छ।

पोहोर पहिलो त्रैमाससम्मको तुलनामा अहिले बैंकहरुको औसत खराब कर्जा ०.७९ प्रतिशत विन्दुले उकालो लागेको छ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय पहिलो त्रैमासमा बाढी पहिरोले ठूलो क्षति भएपछि रिकभरीमा प्रेसर नगर्दा खराब कर्जा केही बढेको बताउँछन्।

‘रसुवा बाढीले गर्दा भौतिक र मानवीय क्षति भयो। त्यसको असर असुलीमा पर्‍यो,’ उनले भने, ‘यस्तो बेलामा हामीले पनि असुलीको प्रेसर गरेनौं। जसले गर्दा खराब कर्जा केही बढ्न पुगेको छ।’

गत असारको तुलनामा असोज मसान्तमा आइपुग्दा १३ वटा बैंकको खराब कर्जा बढेको छ। कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै १.२६ प्रतिशत विन्दुले वृद्धि भएको छ।

गत असार मसान्तसम्म कुमारी बैंकको खराब कर्जा ७.४६ प्रतिशत रहेकामा असोज मसान्तसम्म आइपुग्दा ८.७२ प्रतिशत पुगेको छ।

खराब कर्जा नेपाल बैंकको ०.४३, नेपाल इन्भेष्टमेन्ट मेगाको ०.२१ प्रतिशत, नेपाल एसबिआईको ०.२७ र हिमालयन बैंकको ०.०२ प्रतिशत विन्दुले बढेको छ।

७ वटा बैंकले भने खराब कर्जा घटाएका छन्। नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, ग्लोबल आइएमई, प्रभु, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले खराब कर्जा घटाएका हुन्।

कुन बैंकको खराब कर्जा कति?

वाणिज्य बैंकखराब कर्जा
२०८२/८३ असोजसम्म (प्रतिशतमा)
खराब कर्जा
२०८२/८३ असारसम्म (प्रतिशतमा)
खराब कर्जा
२०८३/८४ असोजसम्म (प्रतिशतमा)
नेपाल५.४९४.१८४.६१
राष्ट्रिय वाणिज्य३.८३३.९५३.८९
नबिल४.३१४.२४.०६
नेपाल इन्भेष्टमेन्ट मेगा६.६३८.६६८.८७
स्टान्डर्ड चार्टर्ड१.७१२.०३१.८३
हिमालयन७.३९७.९६७.९८
नेपाल एसबिआई३.०१२.९२३.१९
एभरेष्ट०.७४०.४९०.५
एनआईसी एसिया६.९९९.२६९.८१
माछापुच्छ्रे४.१३३.९८३.९७
कुमारी६.९८७.४६८.७२
लक्ष्मी सनराइज५.४२५.२३५.५८
सिद्धार्थ३.८३.५३३.७
कृषि४.७८४.०७४.७९
ग्लोबल आइएमई४.९८४.९६४.७९
सिटिजन्स६.८४५.८८६.८
प्राइम५.८६६.६९७.१५
एनएमबि४.५८४.९१४.९२
प्रभु५.७८१५.५५१४.८
सानिमा३.९१२.८७२.८६
औसत४.८५८५.४३९५.६४१
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण

खराब कर्जा वृद्धि भएको अवस्थामा नाफामा देखिएको बढोत्तरी टिकाउ हुँदैन। बैंकहरुले नाफा धेरै देखाउन प्रोभिजनिङ आधा घटाएका छन्। गत वर्षसम्मको तुलनामा यस वर्ष असोजमा आइपुग्दा बैंकहरूले प्रोभिजनिङ (सम्भावित जोखिम व्यवस्थापन रकम)आधामा झारेका हुन्।

चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्म बैंकहरुले १० अर्ब ९९ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्। पोहोर सोही अवधिमा यस्तो रकम २० अर्ब ४ करोड थियो। एभरेष्ट बैंकले प्रोभिजनिङ राइट ब्याक गरेको छ। अन्य सबै बैंकको यस्तो नोक्सानी घटेको छ।

एनएमबि बैंकका सीइओ गोविन्द घिमिरे प्रोभिजनिङ रकम आधा घटेका कारण त्यसले नाफा बढाउन सहयोग गरेको बताउँछन्।

‘पछिल्लो समय असुली प्रभावित बन्दै जाँदा हामीले प्रोभिजनिङमा राम्रो रकम छुट्याउनु परेको थियो। अहिले लगानी सुस्त भएका कारण प्रोभजनिङ खासै बढ्ने भएन,’ उनले भने, ‘असुलीमा थोरै सुधार हुँदा प्रोभिजनिङ घट्ने र नाफा राम्रो हुने हुन्छ।’

कुन बैंकको प्रोभिजनिङ रकम कति?

बैंक प्रोभिजनिङ रकम
२०८३/८४ असोजसम्म (रु. करोडमा)
प्रोभिजनिङ रकम
२०८२/८३ असोजसम्म (रु. करोडमा)
फरक
(प्रतिशतमा)
नेपाल५४६४-१५.६३
राष्ट्रिय वाणिज्य३५९७-६३.९२
नबिल१६६४-७५
नेपाल इन्भेष्टमेन्ट मेगा१०९२८०-६१.०७
स्टान्डर्ड चार्टर्ड-६१७-१३५.२९
हिमालयन३५५७-३८.६
नेपाल एसबिआई१८२८-३५.७१
एभरेष्ट२३४२-४५.२४
एनआईसी एसिया९२११८-२२.०३
माछापुच्छ्रे२१४६-५४.३५
कुमारी४५१२६-६४.२९
लक्ष्मी सनराइज११९१९३-३८.३४
सिद्धार्थ६७१३८-५१.४५
कृषि११५१४६-२१.२३
ग्लोबल आइएमई४८१०१-५२.४८
सिटिजन्स१०७१७३-३८.१५
प्राइम६१४८२७.०८
एनएमबि५०७१-२९.५८
प्रभु५८१००-४२
सानिमा३३९५-६५.२६
जम्मा१०९९.९९२००४-४५.११
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण

पछिल्ला वर्षहरुमा कर्जा लगानी सुस्त हुँदा बैंकहरुको ब्याज आम्दानी थोरै बढेको छ। चालु आवको पहिलो त्रैमासमा बैंकहरुको ब्याज आम्दानी ०.९६ प्रतिशत बढेको छ। उनीहरुले पहिलो त्रैमासमा ४९ अर्ब ५७ करोड रुपैयाँ ब्याज आम्दानी गरेका हुन्।

बैंकहरुको आम्दानीको मुख्य स्रोत ब्याज आम्दानी हो। असुलीमा अपेक्षाजनक सुधार हुन नसकेको अवस्थामा लगानी सुस्त भइरहे त्यसको असर विस्तारै ब्यालेन्स सिटमा देखिनेछ।

कुन बैंकको ब्याज आम्दानी कति?

वाणिज्य बैंक ब्याज आम्दानी
२०८३/८४ असोजसम्म (रु. करोडमा)
ब्याज आम्दानी
२०८२/८३ असोजसम्म (रु. करोडमा)
फरक
(प्रतिशतमा)
नेपाल२४८२५६-३.१३
राष्ट्रिय वाणिज्य४०१२९२३७.३३
नबिल४७३३९०२१.२८
नेपाल इन्भेष्टमेन्ट३२७३२४०.९३
स्टान्डर्ड चार्टर्ड१०२१०७-४.६७
हिमालयन२१९२५०-१२.४
नेपाल एसबिआई१२६१३१-३.८२
एभरेष्ट२३७२४०-१.२५
एनआईसी एसिया१८८२२८-१७.५४
माछापुच्छ्रे१६८१४५१५.८६
कुमारी२०९२९१-२८.१८
लक्ष्मी सनराइज२७६२७११.८५
सिद्धार्थ२३८२१६१०.१९
कृषि२३६२४५-३.६७
ग्लोबल आइएमई४१९४१३१.४५
सिटिजन्स१५४१६६-७.२३
प्राइम२६०२४०८.३३
एनएमबि२५९२४८४.४४
प्रभु२३३२८९-१९.३८
सानिमा१८४१६८९.५२
जम्मा४९५७४९१००.९६
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण