BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकको ब्यालेन्स सिटमा सुधार, पहिलो त्रैमासमा १० करोड ७७ लाख रुपैयाँ नाफा

२०८३ कात्तिक १५

सिटिजन्स बैंकको ब्यालेन्स सिटमा सुधार, पहिलो त्रैमासमा १० करोड ७७ लाख रुपैयाँ नाफा
सिटिजन्स बैंकको ब्यालेन्स सिटमा सुधार, पहिलो त्रैमासमा १० करोड ७७ लाख रुपैयाँ नाफा


काठमाडौं। सिटिजन्स बैंकको ब्यालेन्स सिटमा सुधार आएको छ। बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा वृद्धि गरेर ब्यालेन्स सिटमा सुधार ल्याएको हो।

GBIME
Tata

पोहोर नोक्सानीमा रहेको बैंकले यो वर्ष पहिलो त्रैमासमा १० करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ। बैंक पोहोर पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा थियो। कर्जा नोक्सानी घटेका कारण बैंकको नाफामा सुधार आएको हो।

बैंकले पोहोर १ अर्ब ७३ करोड रुपैयाँ कर्जा नोक्सानी छुट्याएकोमा चालु वर्ष १ अर्ब ७ करोड रुपैयाँमा झारेको छ। बैंकको ब्याज आम्दानी भने केही खुम्चिएको छ।

गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ६६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको सिटिजन्सको यो वर्ष सोही अवधिमा १ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ।

बैंकको खराब कर्जा ६.८० प्रतिशत पुगेको छ। कोष लागत ३.१५ प्रतिशतमा झरेको छ। यसअघि ४.०५ प्रतिशत थियो।

नाफा बढेसँगै बैंकको सूचकमा सुधार आएको छ। बैंकको पुँजीकोष अनुपात १२.०८ प्रतिशत छ। पहिलो त्रैमाससम्म प्रति सेयर आम्दानी २.६८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५५.४३ रुपैयाँ छ।

सूचकआर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (रुपैयाँ)आर्थिक वर्ष २०८२/८३को पहिलो त्रैमास (रुपैयाँ)फरक %
कर्जा१८३,४९५,४९९,७१७१७६,०८०,१९९,८०३४.२१%
निक्षेप२४२,७३२,७०३,१४८२१५,२२४,६१६,२२९१२.७८%
ब्याज आम्दानी३,६३३,०६५,१४६४,०६६,३२६,६२०-१०.६५%
ब्याज खर्च-२,०९१,५४८,१४७-२,४००,०६३,१३०-१२.८५%
खुद ब्याज आम्दानी१,५४१,५१६,९९८१,६६६,२६३,४८९-७.४९%
फि तथा कमिसन आम्दानी३६८,८३९,१८९३५१,०२५,९२५५.०७%
सपरेटिङ इन्कम१६०,३४९,७०८१९७,६३२,५६१-१८.८६%
प्रोभिजनिङ-१,०७८,५२०,५९१-१,७३७,४९४,२४३-३७.९३%
सञ्चालन खर्च-८६३,२९९,९७४-८४९,२८२,७३०१.६५%
अन् अपरेटिङ इन्कम४३,८८५,५९६१२,७७७,५८९२४३.४६%
खुद आम्दानी१०७,७०३,२६९-२२०,४११,१७१–
वितरणयोग्य मुनाफा-४५७,७००,१९६-१,१९२,९४७,०७६–
रिटर्न अर्निङ-४४८,४१५,४०८-४१४,७७८,०८८–
स्रोत : बैंकको ब्यालेन्स सिट